‘सरर लिपुलेक’मा खबपु (भिडियो)



गायक पृथ्वी खनालले नयाँ राष्ट्रभक्ती गीत सार्वजनिक गरेका छन् । ‘द भ्वाईस अफ नेपाल सिजन २’ मा सहभागिता जनाएका खनालले ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका खड्ग बहादुर पुन अर्थात खबपुले पनि अभिनय गरेका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतले आफ्नो भएको दाबी गरिरहेका बेला नेपालले आफ्नो भूमि समेटेर नेपालको नया नक्सा सार्वजनिक गरेसँगै सबैले आ–आफ्नै किसिमले खुशी व्यक्त गरिरहेका छन् । पृथ्वीले पनि यस गीत मार्फत आफ्नो देशप्रतिको माया र लगाव देखाएका छन् । पेशाले पनि राष्ट्र सेवक (प्रहरी ईन्स्क्टर) उनको गीतले आफ्नो देशको लागि जे पनि गर्न तयार भएको भाव व्यक्त गरेको छ ।

‘सरर लिपुलेक’ बोलको यस गीतमा पृथ्वी खनालको आवाज रहेको छ भने गीतको भिडियोमा खबपु सँगै गायक पृथ्वी, डम्बर लगायतका कलाकारलाई देख्न सकिन्छ । यस गीतमा गायक स्वयं र डम्बर हिमाङको शब्द छ भने संगीत डम्बरले भरेका छन् ।

हरि पुन मगरको निर्देशन रहेको यस भिडियोलाई पिटर गुरुङले छायाकंन र सम्पादन गरेका हुन्

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu