क्वारेन्टाइनमा युवतीको मृत्यु



बैतडीको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माविको क्वारेन्टाइनमा सोमबार साँझ उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको मृत्यु भएको हो । उनी केही दिनअघि मात्रै भारतबाट आएकी थिइन् ।

मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ गएको छ । रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu