भिआइपि जुवाडे पाँच दिन हिरासतमा रहने



काठमाण्डौ। गएराति पक्राउ परेका ८ जना भिआइपि जुवाडेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई पाँच दिनको म्याद दिएको हो ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले गएराति उक्त अपरेशन चलाएको थियो । प्रहरीले कमलादीस्थित गगौंर होटलमा जुवा खेलिरहेका वेला रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई पक्राउ गरेको थियो ।

मुलुकका प्रतिष्ठित घरानासँग जोडिएका उनिहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने केहि क्वाइनहरु बरामद भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu