टिकटकलाई टक्कर दिन आएको मित्रों एपलाई गुगलको कारबाही



एजेन्सी। टिकटकलाई टक्कर दिन आएको एक एपलाई गुगलले कारबाही गरेको छ । मित्रों नामको उक्त एपलाई गुगलले आफ्नो प्लेस्टोरबाट डिलिट गरेको हो ।

केहि समयदेखी चर्चित बनेको यो एपलाई विभिन्न कारण देखाई कारबाही गरिएको छ । भारत या पाकिस्तानमा बनेको यो एपको चर्चा चलिरहेको समयमा प्लेस्टोरबाट नै हटेको हो ।

गुगलले यस एपमा स्पाम तथा मिनिमन फंक्शनालिटी पोलिसीको भ्वायलेशन भएको भन्दै डिलिट गरेको हो । गुगलको यो पोलिसीमा अर्को एपको कन्टेन्टलाई जस्ताको त्यस्तै बनाएर अपलोड गर्नुलाई विरुद्‌द मानिन्छ । कुनै अर्को एपसँग दुरुस्तै मिल्ने कोडिंग गरिएको एप गुगलले स्विकार गर्दैन । तर पनि यो एप लामो समयदेखी गुगल प्लेस्टोरमा रहेको थियो ।

गुगलले हटाएता पनि एपको तर्फबाट भने कुनै स्टेटमेन्ट आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu