तरकारी नष्ट गरे कारवाही हुने



पोखरामा सोमवार बाहिरी जिल्लाबाट आएका तरकारी नष्ट गरिएपछि व्यापक विरोध भयो । स्वदेशको उत्पादन नष्ट गरेर भारतीय तरकारी किनेको आरोप लागेपछि सरकारले सोच्न बाध्य भएको छ । बुधवार गृह मन्त्रालयले तरकारी नष्ट नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

पोखरामा चितवन र धादिङबाट लगिएको तरकारी नष्ट गरिएको थियो भने कपिलवस्तुबाट अर्घाखाँची लगेको तरकारी पनि सीमा क्षेत्र कटाउन दिईएको थिएन ।

व्यापक विरोधपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गृहलाई पत्र लेख्दै तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट नगर्न आग्रह गरेको थियो । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu