भारतमा नेपाली बालिकामाथी सामूहिक बलात्कार



भारतमा एक नेपाली बालिका सामूहिक बलात्कारको शिकार भएकी छन । बिहारको राजधानी पटनामा १४ वर्षीय नेपाली बालिका बलात्कृत भएको संचारमाध्यमहरूले जनाएका छन ।

६ महिनादेखी उनी दिदी र भिनाजुसँगै पटनाको राजीव नगरको शान्तिपुरम कोलोनीमा बस्दै आएको बताईएको छ । छिमेकीको घरमा सरसफाइको काम गर्ने उनि सोमबार साँझ करिब पाँच बजे कामबाट फर्किने क्रममा एक युवकले मोटरसाइकलमा जबरजस्ती लगेका थिए ।

उनलाई सुनसान गल्लीमा कुरेर बसेका आरोपित मध्येका एक रोशन कुमारले मोटरसाइकलमा लगेका थिए । नजिकैको निर्माणाधीन घरमा पाँचजनाले सामूहिक बलात्कार गरेको बताईएको छ ।

बालिका रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केहि आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu