कोरोना संक्रमित नवौं व्यक्तिको मृत्यु



कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवौं मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेजमा उनी जेठ १३ गते भर्ना भएका थिए । उपचारको क्रममा गरिएको टेस्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । केएमसिमा नै उनको अपरेसन गरिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा सारिएको थियो । उनको शिक्षण अस्पतालमा नै बुधबार मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu