सरकारको पूर्ण लकडाउन व्यावसायीले नमान्ने, सबै पसल खोल्ने निर्णय



व्यवसायीहरुले बिहिबारदेखी सबै प्रकारका पसल व्यावसाय खोल्ने एकतर्फी निर्णय गरेका छन् । यो निर्णयमा सरकारले हस्तक्षेप गरे राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलवभत्ताको जिम्मासमेत सरकारले नै लिनुपर्ने चेतावनी दिँदै निर्णय गरिएको हो ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि बिहान ११ बजेसम्म व्यवसाय खुला गर्ने निर्णय गरेको हो । पसलहरु खुला भए पनि कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सम्पूर्ण सुरक्षा सतर्कता भने अपनाइने बताइएको छ ।

कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेको महासंघका महासचिव अञ्जन शाक्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu