सबैभन्दा धेरै कमाई गर्ने कलाकारको सूचीमा अक्षय



फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सन् २०२० मा सर्वाधिक कमाइ गर्न सफल विश्वका सय जना कलाकारको सूचीमा बलिउड सुपरस्टार अक्षय कुमार पनि परेका छन् । जसमा उनले हलिउडका कयैन् ठूला स्टारलाई उछिनेका छन् । फोर्ब्सको रिपोर्ट अनुसार, अक्षय कुमार एक मात्र भारतीय अभिनता हुन्, जसको नाम २०२० हाइएस्ट पेड एक्टरको लिस्टमा सामेल भएको छ ।

फोर्ब्स २०२० को हाइएस्ट पेड सेलेबको लिस्टमा उनको नाम ५२औं स्थानमा छ । कमाईको मामलामा उनले विल स्मिथ, जेनिफर लोपेज र इन्टरनेशनल टप पप स्टार रिहानालाई समेत पछाडि छाडेका छन् । फोर्ब्स रिपोर्टका अनुसार, अक्षयले वर्षमा ४८.५ मिलियन डलर कमाई गर्ने गरेका छन् । अघिल्लो वर्ष पनि उनी सबैभन्दा धेरै कमाई गर्ने फोर्ब्सको सूचीमा परेका थिए ।

यो वर्ष किम कार्दशियनकी बहिनी काइली जेनरले फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने सेलेबको लिस्टमा टप गरेकी छन् । काइलीले वर्षमा ५ सय ९० मिलियन डलर कमाई गर्ने गरेको फोर्ब्स रिपोर्टमा उल्लेख छ । त्यस्तै, किम कर्दाशियनका पति कान्ये वेस्ट दोस्रो र उनी स्वयं भने ४८औं नम्बरमा छिन् । फोर्ब्सको यो लिस्टमा प्रियंका चोपडाका पति निक जोनस पनि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu