यूट्युबमा रुचाइयो ‘छोटो छ जीन्दगी’ गीत (भिडियो)



गायक भूपु पाण्डे र चर्चित हाँस्य टेलिश्रृङ्खला ‘सक्किगोनी’ की सिर्जना अर्थात् उषा उप्रेतीको ‘छोटो छ जीन्दगी’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । गीतको उत्कृष्ट शब्द संगीत र भिडियो बनेको भन्दै गीतको प्रशंसा भएको छ ।

नारायण नेपालीको शब्द रहेको गीतमा संगीत तथा स्वर भूपु पाण्डे र मेलिना मैनालीको स्वर रहेको छ । गीतको भिडियोमा वैदेशिक रोजगारीले दाम्पत्य जीवनमा ल्याएको विछोडलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ । भिडियो हेरेपछि दर्शकहरुले गीतले रुवाएको भन्दै टिमको प्रशंसा गरेका छन् ।

गायक भूपु र उषाको अभिनय रहेको म्यूजिक भिडियोको कथा, कन्सेप्ट तथा निर्माण गायक भूपु स्वयंको रहेको छ भने सागरबाबु भट्टले डेब्यू निर्देशन रहेको छ । नेपालकै आछाम तुल्तादेखि भारतको राजस्थानसम्मको स्थानलाई भिडियोमा कैद गरिएको छ ।

योगेश दहालले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा श्याम कुँवरले रंग सम्पादन गरेका हुन् । गायक भूपु नेपाली गीत संगितमा झण्डै एक दशकदेखि सक्रिय रुपमा लागेका उनले दर्जनौं गीत बजारमा ल्याइसकेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu