मेचु फसिन् मिठो बोलीमा (भिडियो)



‘द भ्वाइस अफ नेपाल’ की प्रतिस्पर्धी मेचु धिमालको ‘भ्वाइस’ को सफल यात्रा पछिको पहिलो गीत ‘फसायौ नि मिठो बोलेर’ को भिडियो सार्वजनिक भएको छ । लोकभाकामा बनेको यो उनको पहिलो एकल गीतको म्युजिक भिडियो हो । भिडियोमा गायिका मेचु आफैंले अभिनय गरेकी छिन् ।

त्यस्तै, भिडियोमा मोडल सुजन मार्फा तामाङले नृत्य गरेका छन् । मौलिक गीतलाई मगर समुदायले कान राहा (हामी आयौं) बाट अप्रभंश हुँदै कौरा भएको भन्ने मानिन्छ । लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत रहेको गीतमा संगीत संयोजन देवेश राईले गरेका छन् ।

अनिल के मानन्धरले छायांकन गरेको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । प्रविन भट्टले सम्पादन गरेको भिडियो मेचु धिमालको आफ्नै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu