‘नेपोटिज्म’ को विषयमा सोनम लेख्छिन्, ‘पिताकै कारण यहाँसम्म आइपुगेकी हुँ’



बलिउड कलाकार सुशान्त सिहं राजपूतको मृत्यु पश्चात् सामाजिक सञ्जालमा परिवारवादको बारेमा चर्को बहस चलिरहेको छ । मानिसहरुले स्टारकिडहरुलाई लक्षित गर्दै निशाना साधेका छन् र आरोप लगाएका छन् कि केही निर्माताहरुले उद्योगबाहिरका प्रतिभाहरुलाई काम गर्न कम अवसर दिए ।

यसै विषयमा विवादमा तानिएकी नायिका सोनम कपुरले ‘फादर्स डे’ को अवसरमा आफ्नो भनाइ राखेकी छिन् । सोनम कपुर सामाजिक सञ्जालमा व्यापक ‘ट्रोल’ भइरहेकी छिन् र उनलाई लक्षित गरी विभिन्न टिप्पणीहरु समेत गरिएका छन् ।

यसबीच, उनले इन्स्टाग्रामको कमेन्ट सेक्सन पनि बन्द गरेकी छन् र विभिन्न टिप्पणीहरुको जवाफ दिँदै एउटा ट्वीट गरेकी छन् । सोनम कपुरले ट्वीटर ह्यान्डलमा लेखेकी छन्, ‘म पनि बाबाकै छोरी हुँ, र म उहाँ (अनिल कपुर) कै कारणले यो स्थानसम्म आइपुगेकी छु, जुन मेरो सौभाग्य हो ।’

उनले अगाडि लेखेकी छिन्, ‘यो कुनै अनादर हैन, मेरा बुबाले मलाई यो सबथोक दिनका लागि कडा मेहनत गर्नुभएको छ । मैले जहाँ जन्म लिएँ, त्यो मेरो कर्म हो र उहाँको छोरी भएकामा मलाई गर्व छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu