त्रिशाको निर्देशनमा ‘नाम मेरो लाली’ (भिडियो)



युवापुस्तामाझ निकै लोकप्रिय टिकटकमा अभिनय गरेर चर्चामा आएकी अकेशा पोख्रेलको अभिनय रहेको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘नाम मेरो लाली’ बोलको पहिलो बाल गीतमा अम्बिका गुरुङको शब्द रहेको छ भने रविना बसेलको स्वर छ ।

राजन कार्कीको कम्पोज तथा एरेन्ज रहेको रहेको गीतको भिडियोलाई रंग पत्रकार त्रिशा केसीले निर्देशन गरेकी हुन् । उनको यो पहिलो निर्देशकिय भिडियो हो । उनले आफूले गीतको भावअनुसार भिडियो तयार गरेको बताएकी छन् । गीतमा सन्देश शर्माको छायांकन र प्रवेश सिंहको सम्पादन छ ।

‘नाम मेरो लाली’ गीतलाई भाव सागर क्रियशनको अफिसियल यूट्युब च्यानलबाट हेर्न सकिन्छ । गीतकार अम्बिका गुरुङ्गका यसअघि थुप्रै हिट गीतहरु बजारमा आइसकेका छन् । साथै, बाल कलाकार अकेशा पोख्रेलका अन्य म्युजिक भिडियोहरु समेत सार्वजनिक हुने तयारीमा छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu