करणबाट आजित रणवीर !



अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि खैलाबैला मच्चिएको बलिउडमा विभिन्न आरोप तथा आलोचनाहरु आउने क्रम रोकिएका छैनन् । उनको आत्महत्यालाई लिएर बलिउडका स्टार किड्सहरुविरुद्ध निशाना साँध्ने क्रम चलिरहेको छ । यही बेला अभिनेता रणवीर कपुरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त भिडियोमा रणवीरले बताएका छन् कि उनी करण जोहरको कार्यक्रम ‘कफी विथ करण’ को विरोधी हुन् । केही समय अगाडि एआईबीसँगको अन्तर्वार्ताका क्रममा रणवीर कपूरलाई करण जोहरको कार्यक्रमको बारेमा प्रश्न गरिएको थियो ।

उनलाई सोधिएको थियो- ‘के तपाईं कफी विथ करणबाट आजित हुनुहुन्न ?’ यस प्रश्नको जवाफमा रणबीरले भने, ‘हो, म आजित भइसकेको छु, मैले यो पनि भनिसकेको थिएँ कि म यस सिजनको हिस्सा हुन चाहन्नँ, तर मलाई आउन बाध्य पारियो ।’

रणवीरले थपे, ‘म र अनुष्का शर्मा त यो शोको विरुद्धमा नै उत्रन चाहन्थ्यौँ र सम्पूर्ण फिल्म उद्योगलाई नै समेट्न चाहन्थ्यौँ किनकि यो सही हैन । उनले यस शोबाट पैसा कमाउँछन्, शोमा दिएको बयानबाट हामी वर्षभरी नै निशानमा पर्ने गरेका छौँ । ह्याम्परमा पनि हामीलाई केही प्राप्त हुँदैन, हरेक पटक केवल आइफोन थमाइदिन्छन् ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu