रेखा र जीवनको मित्रता



अभिनेत्री रेखा थापाको प्रायः अभिनेतासँग राम्रो सम्बन्ध छैन । तर, अभिनेता जीवन लुईटेलसँगको सम्बन्धमा भने उनको कहिल्यै त्तिक्तता आएन । एक समय लभस्टोरी चलचित्रमा सर्वाधिक माग भएका जीवन पछिल्लो समय भने अमेरिकमा बस्दै आएका छन् । उनीसँग रेखाले ‘जब जब माया बस्छ’, ‘कसम हजुरको’, ‘मालतीको भट्टी’, ‘नशिव आफ्नो’, ‘अन्दाज’ लगायतका चलचित्रमा सँगै काम गरेकी छिन् ।

पर्दामा दर्शकले निकै रुचाएको रेखा र जीवनको जोडीलाई एकसाथ चलचित्रमा लिन एक समय निर्माता/निर्देशकबीच हानाथाप हुन्थ्यो । तर, लामो समयदेखि उनीहरुलाई दर्शकले एकसाथ पर्दामा हेर्न पाएका छैनन् । जीवन अमेरिका हानिएपछि अभिनयबाट टाढा भएका छन् । रेखा भने चलचित्र अभिनयमा सक्रिय नै छिन् । यो जोडीलाई पुनः पर्दामा हेर्न दर्शक प्रतिक्षारत छन् ।

यसबीच, जीवन लुईंटेलले चलचित्र ‘अन्दाज’ को ‘ऐना बनाए तिमीलाई’ बोलको गीतको छायांकनका केही झलकहरु आफ्नो यूट्युब च्यानलमा अपलोड गरेका छन् । यो भिडियो अभिनेत्री रेखा थापाले आफ्नो आधिकारिक फेसबुकमा साझेदार गर्दै जीवनलाई सम्झिरहेको उल्लेख गरेकी छन् । उनले शुक्रवार इन्स्टामा पनि जीवनसँगको एक तस्विर राख्दै उनलाई सम्झिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu