आयुबका लागि अञ्जली बसिन् तीजको व्रत (भिडियो)



नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आउन केही महिना बाँकी रहँदा नेपाली संगीतिक बजारमा तीज गीतहरु सार्वजनिक हुन थालेका छन् । यसबीच, आउँदो तीजलाई लक्षित गर्दै ‘व्रत बसेको’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

गीतमा अहिलेकी चर्चित गायिका मेलिना राईको स्वर छ । सुर्य न्यौपानेको शब्द सृजना तथा संगीत रहेको गीतको भिडियोमा अञ्जली अधिकारी, रुविना अधिकारि र आयुब केसीको अभिनय रहेको छ । भिडियोको निर्देशन तथा कोरियोगरफ काजिश श्रेष्ठले गरेका हुन् ।

अर्जुन तिवारी टिमले छायांकन गरेको भिडियोको सम्पादन दिपक बिष्टले गरेका हुन् । कोरोना भाइरसका कारण यस वर्ष तीजको रमझम नहुने भएकाले यसपटक धेरै तीज गीतहरु बजारमा नआउने देखिएको छ । यद्यपि, केही गायक-गायिकाहरु तीजका लागि गीत ल्याउन लागिपरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu