लकडाउनले विथोलेको अदितीको कमब्याक



अभिनेत्री अदिती बुढाथोकी आइतवार आफ्नो जन्मदिन सेलिव्रेट गर्दैछिन् । २ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनलाई चलचित्रकर्मी तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् । बलिउड प्रवेशका लागि भारतको मुम्बईमा बस्दै आएकी उनी लकडाउन हुनुभन्दा दुई हप्ताअघि नेपाल आएकी थिइन् ।

चलचित्र ‘कृ’ पछि उनी करीब २ वर्ष अभिनयबाट टाढा रहिन् । यो बीचमा केही चलचित्रबाट अफर भए पनि उनले अस्वीकार गरिन् । अब भने उनी दोस्रो चलचित्रको तयारीमा छिन् । उनी नेपाल आउनुको कारण पनि यही थियो । उनले ‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा काम गर्ने निश्चित भैसकेको छ । चलचित्रको नाम ‘बाबरी क्याफे’ राखिएको जानकारी प्राप्त छ ।

यो चलचित्रमा अदितीले युवापुस्ताका लोकप्रिय गायक नितेशजंग कुँवरसँग अनस्क्रिन रोमान्स गर्दैछिन् । नितेशले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । चलचित्रको वर्कसपका लागि अदिती भारतबाट नेपाल आएकी थिइन् । उनले केही दिन नितेशसँग वर्कसप पनि गरिन् । तर, चलचित्रको घोषणा हुने समयमा देश लकडाउन भयो । यसपछि उनी घरभित्रै सीमित भएकी छन् ।

‘कृ’ रिलिजपछि करीब २ वर्ष अभिनयबाट टाढा भएकी अदितीको नयाँ चलचित्रको दर्शकहरु व्यग्र पखाईमा छन् । लकडाउनका कारण यो पखाई अझ लम्बिने देखिएको छ । स्थिति सामान्य भएपछि मात्र चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्देशक पौडेल छन् । यसरी हेर्दा अर्को वर्ष मात्र दर्शकले अदितीलाई पर्दामा हेर्न पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu