‘आइ एम ट्वान्टी वान’ का लागि धिरज र जसिता तयार



दुई वर्ष अगाडि चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को सक्सेस पार्टीमा घोषणा गरिएको चलचित्र ‘आइ एम ट्वान्टी वान’ को अहिलेसम्म छायांकन सुरु हुन सकेको छैन । चलचित्रका लागि लिड अभिनेतामा धिरज मगर र अभिनेत्रीमा जसिता गुरुङ अनुबन्ध भएको पनि लामो समय भइसकेको छ । चलचित्रका लागि उनीहरु गएको ६ महिनादेखि वर्कसप पनि गरिरहेका छन् ।

अब भने चलचित्रको छायांकन सुरु हुने भएको छ । चलचित्रको प्रि-प्रोडक्सनका सम्पूर्ण काम सकिएकाले लकडाउन खुलेपछि छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रलाई सन् २०२१ मा प्रदर्शन गरिने निर्देशक रेनशा वान्तवा राईले जानकारी दिएकी छन् । उनले इन्स्टाग्राममार्फत् चलचित्रका लागि धिरज र जसिता लगभग तयार भएको उल्लेख गरेकी छन् ।

निर्देशक रेनशा वान्तवा राईको एक्सन-कट रहने चलचित्रलाई प्रज्वल सम्सेर जबराले निर्माण गर्दैछन् । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताइएको छ । गत वर्ष चलचित्रमा जसितासँगै अभिनेत्री स्वस्तिमा खड्काले पनि अभिनय गर्न लागेको चर्चा चलेको थियो । तर, निर्देशक राईले यो कुरा नकारेकी थिइनन् । चलचित्रमा धिरजले दुई अभिनेत्रीसँग रोमान्स गर्नेछन् ।

‘आइ एम ट्वान्टी वान’ नृत्यको कथामा आधारित भएर निर्माण हुनेछ । यसका लागि धिरज र जसिताले नृत्यको तालिम लिइरहेका छन् । पूर्व प्रेम जोडी भनिएका उनीहरुलाई पर्दामा हेर्न दर्शकहरु निकै आतुर छन् । यो चलचित्र उनीहरुको करिअरका लागि पनि विशेष मानिएको छ । अभिनेता प्रदीप खड्कासँग निकै रुचाइएको जसिताको जोडी धिरजसँग कति जम्ला ? हेर्न रोचक हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu