दिपावलीमा ‘सूर्यवंशी’ र क्रिसमसमा ‘८३’ रिलिज हुने



अक्षय कुमार र कटरीना कैफ अभिनीत चलचित्र ‘सूर्यवंशी’ ले नयाँ प्रदर्शन मिति तोकेको छ । कोरोना भाइरसका कारण ओटीटी प्लेटफर्ममा रिलिज हुने हल्लाका बीच निर्देशक रोहित शेट्टीले आउँदो दिपावलीमा चलचित्र रिलिज गर्ने घोषणा गरेका छन् । त्यस्तै, रणवीर सिंह स्टारर चलचित्र ‘८३’ को प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो चलचित्र यस वर्षको क्रिसमसमा रिलिज हुने भएको छ ।

यी दुई चलचित्र यस वर्षको मार्च र अप्रिलमा रिलिज हुँदै थिए । तर, कोरोनाका कारण लकडाउन भएपछि चलचित्रको रिलिज अनिश्चितकालका लागि स्थगन भयो । ‘सूर्यवंशी’ र ‘८३’ बलिउडको पहिलो चलचित्र हो, जसले आधिकारिक घोषणा गरेको छ कि चलचित्र लकडाउन खुलेपछि प्रदर्शनमा आउनेछ । रोहित शेट्टीको ‘सूर्यवंशी’ मा अक्षय कुमार पुलिस अफिसरको भूमिकामा छन् ।

यो चलचित्रमा अजय देवगन र रणवीर सिंहको अतिथी भूमिका छ । उनीहरु पनि रोहित शेट्टीको कप्स चलचित्रको हिस्सा बनिसकेका छन् । त्यस्तै, चलचित्र ‘८३’ मा रणवीर सिंह भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवको भूमिकामा छन् । यसमा दीपिका पादुकोणले कपिल देवकी श्रीमती रोमी देवको भूमिका निभाएकी छन् । चलचित्रलाई कविर खानले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu