यस्तो छ सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर (भिडियो)



अभिनयका पारंगत मानिने स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा क्यान्सर पीडित सञ्जना सांघीको कहानी देखाइएको छ, जसको प्रेममा सुशान्त पागल छन् । दुईको केमेस्ट्री एकदमै सानदार देखिएको छ । ट्रेलर निकै इमोसनल छ । सुशान्तले बोलेका केही संवादले भावुक बनाउँछ ।

चलचित्रका निर्देशक मुकेश छाबडा हुन् । यो चलचित्र जुलाई २४ मा डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । डिज्नी हटस्टारमा रिलिज हुने चलचित्र निःशुल्क हेर्न पाइने बताइएको छ । सुशान्तको अन्तिम चलचित्र भएका कारण ‘दिल बेचारा’ हेर्न दर्शकहरु निकै आतुर छन् । कोरोना भाइरसका कारण भारतका सिनेमा हल बन्द भएकाले यो चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन घोषणा गरेसँगै सिनेमा हल बन्द भएपछि मे ८ मा प्रदर्शन हुने तय भएको ‘दिल बेचारा’ रिलिज हुन पाएको थिएन । यो चलचित्र सन् २०१४ को अमेरिकी फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो  । ए.आर. रहमानले संगीत दिएको यस चलचित्रमा अभिनेता सैफ अली खान अतिथी भूमिकामा छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu