ऐश्वर्या र उनकी छोरीलाई पनि कोरोना



बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण भएको छ । अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि घरका सबै सदस्यको परिक्षण गरिएको थियो । पहिलो पटक गरिएको परिक्षणमा जया बच्चन, ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना पुष्टि भएपछि ऐश्वर्या र आराध्या नानावती अस्पताल भर्ना भएका छन् । महाराष्ट्रको स्वास्थ्य मन्त्री राजेश टोपेले ट्विट गर्दै लेखेका छन्, ‘ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जय बच्चनको रिपोर्ट भने नेगेटिभ छ ।’ कोरोनाको संक्रमण नदेखिएकाले जय बच्चन भने होम क्वारेन्टाइनमा रहने भारतीय मिडियाले बताएका छन् ।

शनिवार साँझ अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । दुवैलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । अहिले दुवैको अस्पतालको आइसोलेशन वार्डमा उपचार भइरहेको छ । यसबीच, आइतवार कोलकाताको श्याम बजारका मानिसहरुले अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै पूजाआजा र यज्ञ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu