अमिताभका कर्मचारीमा देखिएन कोरोना



अहिले सिंगो भारत बच्चन परिवारको स्वास्थ्य लाभको कामना गरिरहेको छ । किनकि, अमिताभ बच्चन र अभिषेक बच्चनपछि ऐश्वर्या र आराध्या बच्चनमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसबीच, अमिताभ बच्चनको घरमा काम गर्ने कर्मचारीहरुको पनि कोरोना टेस्ट गरिएको छ । जसको रिपोर्ट सार्वजनिक भएको छ ।

अमिताभ बच्चनका सबै स्टाफको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बच्चन परिवारको सम्पर्कमा कुल ५४ व्यक्ति थिए । जसमध्ये २८ जनालाई क्यारेन्टाइनमा राखिएको छ । जलसामा २६ जना हाई रिस्कमा थिए, जसको स्वाब टेस्ट गरिएकोमा नेगेटिभ आएको छ । तर, सबैलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको छ । अमिताभ बच्चनको घर पनि बीएमसीले सील गरेको छ ।

अमिताभ बच्चनलाई हल्का जोरो र सास फेर्न समस्या भएको थियो, यसपछि उनको कोरोना टेस्ट गरिएको थियो । जसमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । आफूमा कोरोना देखिएको जानकारी उनी स्वयंले ट्विटरमार्फत् दिएका थिए । उनले गएको १० दिनयता आफूसँग नजिक रहेका सबैलाई परिक्षण गराउन पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu