‘शकुन्तला देवी’ ट्रेलर : विद्याको भिन्न चरित्र (भिडियो)



अभिनेत्री विद्या बालन अभिनीत नयाँ चलचित्र ‘शकुन्तला देवी’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा विद्या म्याथम्याटिशियन शकुन्तला देवीको भूमिकामा छिन् । चलचित्रमा उनी पछिल्ला चरित्रभन्दा भिन्न देखिएकी छन् । यसमा सान्या मल्होत्रा, अमिता साधको पनि मुख्य भूमिका छ । चलचित्रमा सान्या मल्होत्रा, विद्या बालनकी छोरीको भूमिकामा छिन् ।

यो चलचित्रमा ह्यूमन कम्प्यूटरको नामबाट चर्चित तथा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएकी शकुन्तलाको नीजि जीवन र यहाँसम्मको सफरलाई प्रस्तुत गरिएको छ । शकुन्तला देवीका लागि यो स्थान हासिल गर्न नीजि जिन्दगीमा कति संघर्ष गर्नुपरेको थियो भन्ने कुरा ट्रेलरमा देखाइएको छ । यो चलचित्रमा निभाएको चरित्रलाई लिएर विद्या निकै उत्साहित छिन् ।

‘शकुन्तला देवी’ मा आफ्नो भूमिकाबारे उनले भनेकी छन्, ‘ठूलो पर्दामा मानव कम्प्यूटर शकुन्तला देवीको भूमिका निभाउन पाएकोमा निकै खुसी छु । उनी वास्तवमा एक यस्ती महिला थिइन्, जसले एक सशक्त नारीवादको आवाज उठाउनुको साथै सफलताको शिखरसम्म पुग्नका लागि कयौं मानिसलाई चुनौती पनि दिइन् । यो मेरो लागि चुनौतीपूर्ण भूमिका थियो । ’

चलचित्र ‘शकुन्तला देवी’ लाई सिनेमा हलमा नभइ ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज गरिँदैछ । कोरोनाको महामारीका कारण सिनेमा हल बन्द भएपछि निर्माताले चलचित्रलाई डिटिजल प्लेटफर्ममा रिलिज गर्न लागेका हुन् । चलचित्रको डिजिटल प्रिमियर ३१ जुलाईमा हुँदैछ । अनु मेनन निर्देशित चलचित्रको स्क्रिप्ट अनु मेनन र नयनिका महतानीले मिलेर लेखेका हुन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu