शाहरुखको ‘क्लास अफ ८३’ मा बबी पुलिस अफिसर



बलिउड सुपरस्टार शाहरुख खानको प्रोडक्सन रेड चिलीज इन्टरटेनमेन्टमा बनेको चलचित्र ‘क्लास अफ ८३’ को फर्स्टलुक रिलिज भएको छ । लुक पोस्टरमा अभिनेता बबी देओललाई अनसिन अवतारमा देख्न सकिन्छ । उनी आइपिएस अफिसर बनेका छन् । उनको जबरदस्त कप लुक्सले दर्शकलाई चलचित्रप्रति उत्सुकता बढाएको छ ।

रेड चिलीज इन्टरटरटेनमेन्टले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चलचित्रको फर्स्टलुकमा बबी एक इभेन्टमा पुलिस अफिसरहरुलाई सम्बोधन गर्दै देखिएका छन् । आँखामा ठूलो चस्मा, जुँगा र पुलिसको बर्दीमा बबीको लुक्स पोस्टरमा निकै गम्भीर देखिएको छ । चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

चलचित्रमा बबी देओलका अलावा श्रेया सरन, प्रियान्शु चटर्जी, अमृता पुरी, पुलकित सम्राट, अनूप सोनीको पनि महत्त्वपूर्ण भूमिका छ । यसको निर्देशन अतुल सबरवालले गरेका हुन् । यो चलचित्र सैय्यद युनुस हुसेन जैदीको यही नाममा लेखिएको किताबमा आधारित छ । बबी देओलको कप लुक्स यतिबेला सोसल मिडियामा भाइरल भएको छ ।

यसबीच, नेटफ्लिक्सले आफ्नो प्लेटफर्ममा १७ नयाँ प्रोजेक्टको घोषणा गरेको छ । यसमा चलचित्र र वेब सिरिज छन् । यो १७ प्रोजेक्टमा ‘गुञ्जन सक्सेना’, ‘रात अकेली है’, ‘डली किटी और वो चमकते सितारे’, ‘तोरबाज’, ‘एके भिएस एके’, ‘गिम्मी वेड्स सनी’, ‘त्रिभंगा- टेढी-मेढी क्रेजी’, ‘लूडो’, ‘क्लास अफ ८३’, ‘अ सूटेबल ब्वाई’, ‘मिसम्याच’, ‘सीरियस मेन’, ‘काली खुही’, ‘बम्बे रोज’, ‘भाग बीनी भाग’, ‘बम्बे बेगम्स’, ‘मसाबा मसाबा’ छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu