‘जात्रा’ बाट प्रभावित हो बलिउड चलचित्र ‘लुटकेस’ ?



नेपाली चलचित्रमाथि विदेशी चलचित्रको कथा चोरीको आरोप लाग्नु नौलो होइन । तर, यतिबेला बलिउड चलचित्र ‘लुटकेस’ नेपाली फिल्म ‘जात्रा’ बाट प्रभावित भएर निर्माण भएको चर्चा चलेको छ । बिहीवार सार्वजनिक भएको ‘लुटकेस’ को ट्रेलर हेर्दा चलचित्रको कथावस्तु ‘जात्रा’ सँग धेरै हदसम्म मिल्दोजुल्दो लाग्छ । चलचित्रको ट्रेलरमा नेपाली दर्शकहरुले ‘जात्रा’ को फोटोकपी भन्दै प्रतिक्रिया जनाएका छन् ।

एक मध्यम वर्गीय पारिवारको व्यक्तिले पैसाले भरिएको रातो सुटकेश भेटाएपछि उत्पन्न हुने समस्यामा चलचित्र केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । प्रदीप भट्टराईले निर्देशन गरेको सुपरहिट चलचित्र ‘जात्रा’ मा पनि सामान्य परिवारको एक व्यक्तिले पैसाले भरिएको बोरा भेटाएपछि उत्पन्न हुने परिस्थितिलाई रोचक ढंगले देखाइएको थियो ।

‘लुटकेस’ सिनेमा हलमा नभइ यही ३१ जुलाईमा ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । राजेश कृष्णनले चलचित्रको निर्देशन गरेका हुन् । कुणाल केमू, रसिका दुगल, रणवीर शौरी, विजय राज र गजराज रावको प्रमुख भूमिका रहेको चलचित्रलाई फक्स स्टार स्टूडियो र सोडा फिल्म्स प्रोडक्सनले निर्माण गरेको हो । राजेश कृष्णन र कपिल सावन्तले चलचित्रको कथा लेखेका हुन् ।

‘लुटकेस’ ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu