पवनको ‘मिल्टेरीको जुत्ता’ मा सरोज र आश्माको नृत्य (भिडियो)



‘नेपाल आइडल’ सिरिज २ को उत्कृष्ट ६ मा पर्न सफल पवन गिरीको स्वरमा रहेको तेस्रो गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक भएको छ । लोक परिवेशमा तयार पारिएको गीतमा टीका दाहालको संगीत र रमेश दाहालको शब्द सृजना छ । गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन् ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन् । हास्यटेलिश्रृंखला ‘सक्कीगोनि’ को श्रृंखला निर्देशक पनि हुन् । गीतको भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् । भिडियोमा वाइड लेन्स प्रोडक्सनले लगानी गरेको छ ।

गीतको भिडियोमा चर्चित युगल जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर छन् । गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । निर्देशक आचार्यले भिडियोलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको बताए । गायक गिरी पनि अडियोअनुसार भिडियो बनेको खुसी देखिएका छन् । दर्शक स्रोतले गीत मन पराउने उनको विश्वास छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu