एउटै चलचित्रमा प्रभास र दीपिका



साउथ चलचित्रका सुपरस्टार प्रभाससँग बलिउड अभिनेत्री दीपिका पादुकोणले अनस्क्रिन रोमान्स गर्ने भएकी छन् । निर्देशक नाग अश्व‍िनको नयाँ चलचित्रमा उनीहरुले सँगै काम गर्न लागेका हुन् । दीप‍िका स्वयंले इन्स्टाग्राममा एउटा भिडियो साझेदार गर्दै यो कुराको पुष्टि गरेकी हुन् । पहिलो पटक दीपिका र प्रभासलाई एउटै चलचित्रमा हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।

व्याजयन्ती मूभीजले आफ्नो नयाँ चलचित्रका लागि प्रभास र दीपिकालाई एतिहासिक जोडीको रुपमा घोषणा गरेको छ । आफ्नो उत्सुकता व्यक्त गर्दै र चलचित्रको बारेमा जानकारी दिँदै अश्विनले भनेका छन्, ‘म दीपिका पादुकोणलाई यो चरित्र निभाएको हेर्न निकै उत्साहित छु । यसअघि उनले यस प्रकारको चरित्र कहिल्यै गरेकी थिइनन् । यो सबैका लागि ठूलो सरप्राइज हुनेछ ।’

उनले अगाडि भनेका छन्, ‘दीपिका र प्रभासको जोडी चलचित्रको मुख्य हाइलाइट्समध्ये एक हुनेछ र उनीहरुबीचको कहानी वर्षौंसम्म दर्शकको याद गर्नेछन् ।’ त्यस्तै, चलचित्रका निर्माता अश्विनी दत्तले यो फिल्म भारतीय सिनेमा इतिहासमा आफ्नो स्थान पक्का गर्ने अवसर रहेको बताएका छन् । व्याजयन्ती मूभीजका अनुसार, तत्काललाई चलचित्रको नाम ‘प्रभास २१’ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu