अमिताभको स्वाब रिपोर्ट ‘नेगेटिभ’



बलिउड अभिनेता अमिताभ बच्चनको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । १२ दिनदेखि मुम्बाईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराईरहेका उनको पछिल्लो पटक गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

अझै अमिताभको दुईवटा टेस्ट हुनेछ । लगातार तीन टेस्ट नेगेटिभ आएपछि उनी अस्पतालबाट घर जानेछन् । अमिताभको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले बताएको छ । अस्पताल स्रोतका अनुसार, अभिषेक बच्चनको रिपोर्ट भने सबै नेगेटिभ आएको छ । उनलाई बिहीवार साँझसम्म अस्पतालबाट डिस्चार्ज मिल्न सक्ने बताइएको छ ।

अहिलेसम्म ऐश्वर्या र उनकी छोरी आराध्याको रिपोर्ट भने आएको छैन । अहिले उनीहरुको अस्पतालको आइसोलेसनमा राखि उपचार भइरहेको छ । बच्चन परिवारमा जया बच्चनको मात्र टेस्ट नेगेटिभ आएको थियो । अमिताभ बच्चनका २६ स्टाफको कोरोना टेस्ट पनि नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu