किरण र अस्मिता भन्दैछन्, ‘आँखामा बसाउ मलाई’ (भिडियो)



गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘आँखामा बसाउ मलाई’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत र संगीत संयोजन छ ।

थुप्रै सफल म्यूजिक भिडियोको निर्देशन गरिसकेका विधान कार्कीले यो गीतको भिडियोलाई निर्देशन गरेका हुन् । द डिभाइन म्यूजिकको प्रस्तुति र नेप्सीने कम्पनीको निर्माणमा भिडियो तयार भएको हो । माया प्रेमको भाव प्रस्तुत गरिएको भिडियो फिल्मी शैलीमा तयार पारिएको छ ।

गीतको भिडियोमा गायक किरण भुजेल र गायिका अस्मिता अधिकारी स्वयं फिचर छन् । भिडियोमा उत्सव दाहालको छायांकन र विकाश दाहालको सम्पादन छ । निर्देशक कार्कीले गीतको भावअनुसार भिडियो तयार पारेको बताएका छन् । यूट्युबमा गीत सार्वजनिक भएसँगै दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको उनले बताए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu