चलचित्र क्षेत्रको लगानी सुरक्षित गर्न सरकार गम्भीर छ : सञ्चारमन्त्री



मंगलवारबाट लकडाउन अन्त्य भएको छ । योसँगै बन्द रहेका विभिन्न क्षेत्र सञ्चालनमा आएका छन् । तर, चलचित्र क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । अन्य क्षेत्र खुल्ला गरेर चलचित्र क्षेत्रमा प्रतिबन्ध लगाएकोमा चलचित्रकर्मीहरु आक्रोशित छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले भने चलचित्र क्षेत्र चलायमान बनाउन छलफल भइरहेको बताएका छन् ।

चलचित्र विकास बोर्डको शुक्रबार निरीक्षणका क्रममा मन्त्री खतिवडाले भने- ‘चलचित्र क्षेत्रलाई पनि विस्तारै चलायमान बनाउँदै लैजाने विषयमा सरकारमा छलफल भइरहेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड र भौतिक दूरी कायम राख्दै चलचित्रको छायांकन र प्रदर्शन गर्ने विषयमा छलफल भइरहेको छ । राष्ट्र निर्माणको अभिन्न अङ्गका रूपमा सरकारले चलचित्र क्षेत्रलाई लिएको छ ।’

e[s’6Ld08kdf Knf:6 g]kfn PS;kf] sf7df8f}Fsf] e[s’6Ld08kdf z’qmaf/b]lv z’? ePsf] …Knf:6 g]kfn PS;kf]Ú sf] pb\3f6g ;df/f]xnfO{ ;Daf]wg ub}{ cy{dGqL 8f o’j/fh vltj8f . t:jL/ M /f]zg ;fksf]6f, /f;;

चलचित्र क्षेत्रले राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण बजेटमा प्राथमिकता दिएको पनि उनले चर्चा गरे । कोरोनाबाट अतिप्रभावित व्यवसायमा फिल्म क्षेत्र नपरेको चलचित्रकर्मीको गुनासो सम्बोधन गर्दै उनले भने- ‘कोरोना प्रभावित अन्य उद्योग व्यवसायले पाएजस्तै चलचित्र क्षेत्रले पनि सुविधा र सहुलियत पाउने छ । यो विषयलाई मौद्रिक नीतिले समेत सम्बोधन गरेको छ ।’

चलचित्र विकास बोर्डले पुराना चलचित्र ‘डिजिटाइज’ गर्न थालेकोमा प्रशंसा गर्दै उनले यस्तो कार्यले इतिहास सुरक्षित राख्न मद्दत पुग्ने बताए । कोरोनाका कारण पूर्वनिर्धारित अन्य गतिविधि गर्न नसकिए पनि नीतिगत निर्णयमा लाग्न मन्त्री खतिवडाले बोर्ड पदाधिकारीलाई सुझाव दिएका छन् । चलचित्र क्षेत्रको लगानी सुरक्षित गर्ने विषयमा सरकार गम्भीर भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu