सत्य घटनामा ‘आँधी तुफान २’ बन्ने



लेखक तथा निर्माता मौनता श्रेष्ठले ०६१ सालमा बनेको महेन्द्र बुढाथोकी निर्देशित सुपरहिट चलचित्र ‘आँधी तुफान’ को सिक्वेल निर्माण गर्दैछन् । आउँदो भदौबाट चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । यतिबेला चलचित्रका लागि गीत रेकर्डिङको काम भइरहेको छ । हरी उप्रेतीको शब्द र विकास चौधरीको संगीतमा सोमवार एक गीत रेकर्ड गराइएको छ ।

लेडी एक्सन प्रधान ‘आँधी तुफान’ मा अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए । यसको सिक्वेलमा उनीहरु दोहोरिने सम्भावना कति छ ? निर्माता तथा लेखक श्रेष्ठ भन्छन्, ‘पुराना कलाकार दोहोरिने सम्भावना कम छ । सकभर अहिलेका चल्तीका अभिनेत्री लिन सक्छौं । उहाँहरुसँग कुरा मिलेन भने पुराना तथा अनुभवी अभिनेत्रीलाई लिनेछौं ।’

मौनताले लकडाउन अवधिमा चलचित्र ‘आँधी तुफान २’ को स्क्रिप्ट तयार पारेका हुन् । उनले यो चलचित्र नारी कथानक हुने र सत्य घटनामा आधारित भएर निर्माण हुने बताएका छन् । चलचित्रको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ रहनेछन् । चलचित्रका लागि अहिलेसम्म निर्देशक फाइनल भएका छैनन् । केही दिनमा कलाकारसँगै निर्देशकको पनि टुंगो लाग्ने निर्माता श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu