अंकितको ‘सङ अफ दि क्लाउड’ इटालीमा पुरस्कृत



अंकित पौडेलद्वारा निर्देशित नेपाली चलचित्र ‘सङ अफ दि क्लाउड’ इटालीको फिल्म फेस्टिभलमा पुरस्कृत भएको छ । मृत्युपछिको जीवनलाई कल्पना गरी बनाइएको चलचित्रले एसोलो आर्ट फिल्म फेस्टिभलमा आर्ट फिल्म विधातर्फ पुरस्कार जितेको हो । विजेता बनेको यो चलचित्रले ५ सय युरो प्राप्त गरेको छ । आफू निर्देशित चलचित्र पुरस्कृत भएकोमा अंकितले खुसी व्यक्त गरेका छन् ।

यो चलचित्र गएको जनवरीमा सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । अटलान्टा फिल्म फेस्टिभल, पामस्प्रिङ इन्टरनेसनल सर्ट फेस्ट, दि नर्वेजियन सर्ट फिल्म फेस्टिभल, डोकु फेस्टिभललगायत विभिन्न फिल्म महोत्सवमा पनि चलचित्र प्रदर्शन भइसकेको छ । चलचित्रले वल्र्ड फेस्ट हस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ब्रन्ज रेमी अवार्ड पनि जितेको थियो ।

नेपालको अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक गरेका अंकित हाल अमेरिकाको विस्कन्सिन मिल्वाउकी युनिभर्सिटीबाट फिल्म मेकिङमा मास्टर्स गरिरहेका छन् । उनले यो चलचित्र थप केही फेस्टिभलमा छनौट भएको र त्यसको घोषणा हुन बाँकी रहेको बताएका छन् । छायांकारको रुपमा २० भन्दा बढी काम गरेका अंकितको ‘सङ अफ दि क्लाउड’ डेब्यू निर्देशित चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu