रहेनन् कलाकार गोपाल राउत



नेपाली चलचित्रका कलाकार गोपाल राउतको निधन भएको छ । सोमवार विहान हृदयघातका कारण अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा उनको निधन भएको हो । उनी केही वर्षयता स-परिवार अमेरिकामा बस्दै आएका थिए । ५८ वर्षको उमेरमा निधन भएका उनको एक श्रीमती, दुई छोरा र एक बुहारी छन् ।

कलाकार राउतले दर्जनौं टेलिचलचित्र र फिचर चलचित्रमा अभिनय गरेका छन् । ‘रुपमती’, ‘गुलाफ एकैपटक फुल्छ’ उनी अभिनीत लोकप्रिय टेलिश्रृंखला हुन् । त्यस्तै, ‘१६ बर्षे जोवन’, ‘सन्यास’, ‘अर्जुन’, ‘प्रेमयुद्ध’, ‘दोधार’ लगायतका चलचित्रमा उनले अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu