दिनरात आकाशलाई योगिताकै याद (भिडियो)



कोरोना भाइरसको महामारी र लकडाउनले विश्व नै त्रसित रहेको वर्तमान अवस्थामा फुर्सदको समयलाई सिर्जनशील कार्यमा सदूपयोग गर्दै नेपाली गीत संगीत क्षेत्रमा एउटा इट्टा थप्ने प्रयास स्वरुप प्रेमिल गीत सार्वजनिक गरिएको छ । गीतकार रमेश काफ्लेले सानैदेखि गीत रचनाको क्षेत्रमा कलम चलाउँदै आए पनि यो नै पहिलो सार्वजनिक गरिएको गीत हो ।

सार्वजनिक भएको ‘तिम्ले मलाई बुझेनौ भने’ बोलको गीतमा सुमधुर स्वरका धनी गायक प्रताप दासको स्वर, चर्चित संगीतकार राजकुमार बगरको संगीत, संजिब बराइलीको संयोजनमा बजारमा आएको छ । यस गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

यस गीतको भिडियोमा चलचित्रका चर्चित नायक आकाश श्रेष्ठ र मोडल योगिता दाहालको अभिनय रहेको छ । भिडियो निर्माण कार्यमा उत्सब दाहालको क्यामरा, सम्पादन विष्णु खड्का (आर्यन) तथा सुभम भुजेलको कोरियोग्राफी रहेको छ । भिडियोको सहायक निर्देशक साइव्रत आचार्य हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu