ज्योति र नेत्रले ल्याए ‘भेडा भर्सेस कोइली’ (भिडियो)



गायिका तथा मोडल ज्योति मगर र गायक नेत्र भण्डारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । करण न्यौपानेको शब्द तथा लय सृजनामा रहेको तीज ब्याटल ‘भेडा भर्सेस कोइली’ बोलको गीत सार्वजनिक भएको हो ।

विपिन आचार्यको संगीत संयोजन रहेको यस गीतमा ज्योति मगर, यशराज, नरेश, जेम्स, निरज, पुजन, रुविना लगायतको अभिनय रहेको छ । अशोक बिसीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने सम्पादन रविन बिकेको रहेको छ ।

गीतकार तथा संगीतकार करण न्यौपानेका ‘उहि मुलाको सिन्की उहि मुलाको चान’, ‘झिम्काइदेउ परेली हाई मेरी तीते करेली’, ‘नाइँ बाबा नाइँ’, ‘किन तिमीले’, ‘मन्दिरमा बस्ने देउता’ लगायतका दर्जनौं गीतहरु सार्वजनिक छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu