‘केजीएफ २’ मा यस्तो छ सञ्जय दत्तको लुक्स



भारतीय बक्सअफिसमा मात्र २ सय करोडभन्दा बढी कमाई गरेको कन्नड चलचित्र ‘केजीएफ’ को चाँडै सिक्वेल पनि प्रदर्शन हुँदैछ । चलचित्रमा कन्नड सुपरस्टार यशको अभिनय छ । चलचित्रको सिक्वेलमा बलिउड सुपरस्टार सञ्जय दत्तले पनि अभिनय गरेका छन् । यसमा उनी खतरनाक भिलेनको भूमिकामा छन् । बुधवार उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

बुधवारबाट ६१ वर्षका भएका सञ्जयले आफ्नो जन्मदिनको अवसरमा ट्विट गरेर चलचित्रमा आफूले निर्वाह गरेको अधिराको लुक्स सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘यो चलचित्रमा काम गर्न पाएकोमा खुसी छु । योभन्दा राम्रो जन्मदिनको उपहार अरु हुनै सक्दैन । धन्यवाद ।’ पोस्टरमा उनको लुक्स देखेर दर्शकहरु चकित परेका छन् । उनी डरलाग्दो लुक्समा देखिएका छन् ।

दुई वर्ष अगाडि प्रदर्शनमा आएको ‘केजीएफ’ ले बक्सअफिसमा सानदार कमाई गरेको थियो । बक्सअफिसमा यसको टक्कर अभिनेता शाहरुख खान स्टारर चलचित्र ‘जीरो’ सँग भएको थियो । यसको बावजूद पनि चलचित्रले भारतमा लोभलाग्दो व्यापार गरेको थियो । प्रशान्त नीलको निर्देशन रहेको ‘केजीएफ २’ मा सञ्जय र यशका अलावा रवीना टन्डनको पनि प्रमुख भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu