नबन्ने भयो ‘दिमाग खराब’



निर्देशक सिमोस सुनुवार र निर्देशक तथा अभिनेता निश्चल बस्नेतबीच सहकार्यको भएको चलचित्र ‘दिमाग खराब’ निर्माण नहुने भएको छ । निश्चलले निर्माण र सिमोसले निर्देशन गर्ने गरि उनीहरुबीच सहमति भएको थियो । चलचित्रमा निश्चल र अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिकाका लागि फाइनल भएका थिए । तर, अब यो चलचित्र नबन्ने भएको छ ।

निर्देशक सुनुवारका अनुसार, चलचित्रको कन्सेप्ट एक बलिउड चलचित्रसँग मिल्दोजुल्दो भएपछि ‘दिमाग खराब’ नबन्ने भएको हो । निर्देशक सुनुवारले भने- ‘चलचित्रको स्क्रिप्ट ‘लक’ भइसकेको थियो । त्यही बेला बलिउड चलचित्र ‘मोतीचुर चकनाचुर’ रिलिज भयो । यो चलचित्रसँग ‘दिमाग खराब’ को कन्सेप्ट धेरै हदसम्म मिल्न गयो । यसपछि हाम्रो योजना पनि चकनाचुर भयो ।’

‘दिमाग खराब’ नबन्ने भएपछि निर्देशक बस्नेत यतिबेला आफैं चलचित्र निर्देशनको तयारीमा जुटेका छन् । लेखक बुद्धिसागरले तयार पारेको स्क्रिप्टमा उनले नयाँ चलचित्र बनाउन लागेका हुन् । चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्कालगायतको अभिनय हुनसक्ने चर्चा छ । आउँदो दशैंपछि चलचित्रको छायांकन हुने बुझिएको छ । ‘लुट २’ पछि निश्चल चलचित्र निर्देशनमा फर्किन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu