‘चिसो मान्छे’ र ‘लकडाउन’ को निर्देशन गर्दै दीपेन्द्र



‘पशुपति प्रसाद’ जस्तो आइकनिक चलचित्र दिएका दीपेन्द्र के. खनालले आफूलाई कमर्शियल र आर्ट दुवै प्रकारका चलचित्रमा आफूलाई प्रमाणित गरिसकेका छन् । गत वर्ष प्रदर्शनमा आएको सफल चलचित्र ‘आमा’ पछि नयाँ चलचित्रका लागि लकडाउनको समयमा घरमै बसेर स्क्रिप्टमा लेखेका उनले बिहीवार चलचित्र विकास बोर्डमा दुई चलचित्रका लागि निर्माण इजाजत लिएका छन् ।

दुई चलचित्रको नाम ‘चिसो मान्छे’ र ‘लकडाउन’ राखिएको छ । निर्देशक खनालका अनुसार, दुवै चलचित्र सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुनेछ । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् । चलचित्र ‘लभ लभ लभ’ देखि उनले निर्देशक खनालसँग व्यवसायिक सहकार्य गर्दै आइरहेकी छन् । ‘आमा’ को सफलतापछि उनलाई चलचित्र निर्माणमा अझ रस पसेको छ ।

दुई चलचित्रमध्ये पहिला ‘चिसो मान्छे’ निर्माण हुनेछ । लकडाउनमा निर्देशक खनालले यही चलचित्रको स्क्रिप्टमा काम गरेका हुन् । उनका अनुसार, चलचित्रको स्क्रिप्ट लगभग फाइनल भइसकेको छ । यो चलचित्र निर्माण भएपछि उनी ‘लकडाउन’ को स्क्रिप्टमा बस्नेछन् । दुवै चलचित्रका लागि कलाकार फाइनल नभएको उनको भनाई छ । बजारमा भने अभिनेत्रीमा सुरक्षा पन्त हुने चर्चा छ ।

दुई चलचित्रको बारेमा निर्देशक खनाल भन्छन्, ‘लकडाउनमा आस मानिसले भोगेको समस्या लगभग एउटै हो । ‘लकडाउन’ मा यही विषय समेटिनेछ । ‘चिसो मान्छे’ मा भने अहिले मानिसहरु चिसो (स्वार्थी) भइरहेको विषयलाई प्रस्तुत गर्नेछौं । स्क्रिप्टमा निकै मेहेनत गरेको छु । राम्रो चीज निस्कनेमा विश्वस्त छु ।’ स्थिति सामान्य भएपछि चलचित्रको छायांकन सुरु हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu