‘ठीक छैन है चाला’ मा टिकटक स्टारहरुको ठुम्का (भिडियो)



कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चार महिना लामो लकडाउन घोषणा गरेपछि गीतसंगीतको क्षेत्र ठप्प रह्यो । यसअघि दैनिक रुपमा आधा दर्जन बढी म्यूजिक भिडियोहरु सार्वजनिक हुने गरेका थिए । भने, त्यही अनुपातमा भिडियोको निर्माण भइरहेका थिए । लकडाउनपछि भने यो कार्य पूर्ण रुपमा रोकियो ।

सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेपछि भने म्यूजिक भिडियो निर्माण पुरानै गतिमा फर्किएको छ । अहिले दैनिक रुपमा म्यूजिक भिडियोहरु यूट्युबमा सार्वजनिक भइरहेका छन् । यसबीच, सुमन भट्टराई र नेहा शर्माको स्वरमा रहेको ‘ठीक छैन है चाला’ बोलको गीत सार्वजनिक गरिएको भएको छ ।

गीतको भिडियोमा सामाजिक सञ्जाल टिकटकबाट लोभलाग्दो फलोअर्स कमाएका शृजन भट्टराई, पुरुषोत्तम सिग्देल, अश्मिता दाहाल, सुमन भट्टराई, नेहा शर्मा कुइकेल र निरुता शाही फिचर छन् । गीतको भिडियोेमा प्रोडक्सन भ्यालू उच्च देखिएको छ ।

सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलाई सन्तोष राज वाहकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । त्यस्तै, भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । बिष्णु खड्काले सम्पादन तथा कलर करेक्सन गरेको भिडियो काकु इन्टरटेन्टमेन्ट च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu