एलिनाको तीज गीत सार्वजनिक (भिडियो)



अघिल्लो वर्षका तीजका गीतहरूमा माइत जाने, दर खाने नाच्ने, दिदी बहिनी लिन जाने लगायतका विषय थिए । अहिले पनि ती विषयमा केन्द्रित रहँदै कोरोनाका कारण तीजलाई पर्ने प्रभाव र देशले भोगिरहेको समस्याका विषयलाई उठाइएको छ । गायिका एलिना चौहानको स्वरमा रहेको तीज गीतबाट पनि कोरोनाका कारण यसपटकको तीज घरमै बसेर मनाउन सन्देश दिइएको छ ।

‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ बोलको गीतमा इन्टरनेटमार्फत् साथी-संगीसँग तीज मनाउन आग्रह गरिएको छ । एलिनाको स्वर रहेको गीतमा निलकण्ठ सुवेदीको शब्द र राम कार्कीको संगीत रहेको छ । गीतको भिडियोमा सुरेश थापा, अनिता दंगाल, गणेश आमीलगायतको अभिनय छ ।

कलाकार समेत रहेका सुरेश थापाको निर्देशन रहेको गीतको भिडियोलाई राहुल राईले खिचेका हुन् । गीतमा शान्त कार्कीको कोरियोग्राफी छ । निर्देशक थापाले गीतको भावअनुसार भिडियो तयार पारेको बताए । कोरोनाको कहरको यो समयमा गीतले सकारात्मक सन्देश प्रवाह गर्ने गीत रचनाकार सुवेदीको विश्वास छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu