‘अतरंगी रे’ पछि आनन्दको ‘रक्षाबन्धन’ मा अक्षय



पछिल्लो पटक चलचित्र ‘जीरो’ बनाएका निर्देशक आनन्द एल रायले ‘अतरंगी रे’ पछि अभिनेता अक्षय कुमारलाई लिएर चलचित्र ‘रक्षाबन्धन’ बनाउने भएका छन् । रक्षाबन्धनको अवसर पारेर यो चलचित्रको घोषणा गरिएको छ । ‘अतरंगी रे’ कै लेखक हिमान्शु शर्माले लेखेको चलचित्र अर्को वर्षको ५ नोभेम्बरमा रिलिज हुनेछ ।

चलचित्रको विषयमा जानकारी दिँदै आनन्दले भनेका छन्, ‘रक्षाबन्धन’ हामीबीच एक अर्को एसोसिएशन हो । कहानी निकै विशेष छ । यो सम्बन्धको सेलिब्रेसन हो ।’ त्यस्तै, अभिनेता अक्षय कुमार भन्छन्, ‘त्यो व्यक्ति कति धन्य छ, जोसँग दिदी-बहिनी छन् । मलाई यो कुराको सबैभन्दा बढी खुसी छ कि मेरी बहिनी अलका, निर्देशक आनन्द एल रायसँग मिलेर चलचित्र निर्माण गर्दैछिन् ।’

उनले चलचित्रको कहानीले दर्शकलाई हँसाउने र रुवाउने बताएका छन् । यो चलचित्रमा अक्षयका चार बहिनी हुनेछन् । अक्षय कुमार र आनन्द एल रायबीच लकडाउनको समयमा चलचित्र गर्ने सहमति भएको थियो । उनीहरुबीच अन्य तीन चलचित्रका लागि पनि डिल भएको भारतीय मिडियाले बताएका छन् । ‘बेलबटम’ को छायांकन पूरा गरेपछि अक्षय ‘रक्षाबन्धन’ मा व्यस्त हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu