सिडी विजयको ‘भुलभुलैया’ सार्वजनिक (भिडियो)



चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को पहिलो सिजनका विजेता सिडी विजय अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपाल’ को उपाधि जितेपछि विजयका लागि आयोजकको तर्फबाट तयार हुने भनिएको भिडियो यतिबेला सार्वजनिक भएको हो ।

विविधि कारणले भिडियो निर्माणमा ढिलाई भएको आयोजकको भनाई छ । ‘भुलभुलैया’ बोलको गीतलाई अरुण काफ्लेले लेखेका हुन् । यसमा स्वरसँगै संगीत पनि विजयले नै दिएका छन् । गीतमा निराजन कार्की, जीवन रिजाल र सुशील बानियाँको छायांकन रहेको छ ।

अर्जुन तिवारीले छायांकन निर्देशन रहेको भिडियोमा सम्पादन सोहन मानन्धरको रहेको छ । यसलाई द भ्वाइस अफ नेपालको टिमले तयार पारेको हो । म्यूजिक भिडियोमा गायक सिडी विजय अधिकारी स्वयं फिचर्ड छन् । उनी फरक फरक लुक्समा देखिएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu