यसपालीको तीजमा कृष्णहरी बरालका तीन गीत (भिडियोसहित)



गीतकार प्रा.डा कृष्णहरी बरालले यसपालीको तीजका लागि लेखेका तीनवटा गीत सार्वजनिक भएका छन् । शोभा पाण्डेको स्वरमा रहेको ‘सरर सरर’, सञ्जु लम्सालले गाएको ‘हाम्री संगिनी’ र रेखा पौडेलको आवाजमा रहेको ‘नाचौन नाचौन’ बोलको गीतको शब्द सिर्जना कृष्णहरी बरालको रहेको छ । यी तीनवटै गीतका भिडियो यूट्युबमा सार्वजनिक भइसकेका छन् ।

शोभा पाण्डेको ‘सरर सरर’ मा विवी अनुरागीको संगीत रहेको छ भने बन्दना नेपाल, करिश्मा सिंह ठकुरी भिडियोमा फिचर छन् । शंकर विसीको निर्देशन रहेको गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् । भिडियोमा नविन घर्ती मगरको सम्पादन छ । सञ्जु लम्सालको ‘हाम्री संगिनी’ गीतमा पनि विवी अनुरागीकै संगीत रहेको छ । गीतको भिडियोमा भने उमेश गुरुंगको कोरियोग्राफी र निर्देशन छ ।

मधुर बस्नेतको छायांकन र मेक बहादुर थापाको सम्पादन रहेको भिडियोमा नन्दा बस्याललृ अभिनय गरेकी छन् । त्यस्तै, रेखा पौडेलको ‘नाचौन नाचौन’ गीतमा रेखा स्वयंको संगीत रहेको छ । ओम श्रेष्ठको छायांकन र निर्देशन रहेको गीतको भिडियोमा नितु कोइराला र शुशिला थापा फिचर छ । भिडियाको सम्पादन प्रकाश एसकेले गरेका हुन् ।

‘सरर सरर’ :-

‘हाम्री संगिनी’ :-

‘नाचौन नाचौन’ :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu