‘हुतुतु’ मा प्रदीपदेखि पलसम्म



‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेन अर्को वर्षका लागि एक कमेडी चलचित्र लिएर आउँदैछन् । ‘हुतुतु’ नाम राखिएको चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्नेछन् । अर्को वर्षबाट छायांकन सुरु हुने चलचित्रमा नाम चलेका कलाकारहरु फाइनल गरिएको छ । चलचित्रमा हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेनको प्रमुख भूमिका रहनेछ ।

ठूलो लागतमा निर्माण हुने चलचित्रको कथा सन्तोष सेनको हो भने त्यसलाई पटकथामा ढाल्ने काम छेतन गुरुङ र अभिमन्यू निरवीले गरिरहेका छन् । चलचित्रको बारेमा जानकारी दिँदै सन्तोषले भने, ‘अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । चलचित्रका लागि पुरुष कलाकार छनौट भइसके पनि महिला कलाकार चाँडै छनौट गर्नेछौं । चलचित्र पूर्ण कमेडी कथामा बन्नेछ ।’

लामो समयदेखि दर्शकहरु प्रदीप र पललाई एउटै चलचित्रमा हेर्न प्रतिक्षारत थिए । अब त्यो पूरा हुने भएको छ । उनीहरुलाई एकसाथ स्क्रिनमा हेर्न निकै रोचक हुने देखिन्छ । त्यस्तै, दुई पुस्ताको समिश्रणले चलचित्र कस्तो बन्ने हो भन्ने चासो पनि सुरु भएको छ । कलाकार आचार्यले धेरैपछि बाहिरी ब्यानरको चलचित्रमा काम गर्न लागेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ भने हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu