सञ्जय दत्तलाई फोक्सोको क्यान्सर



बलिउड सुपरस्टार सञ्जय दत्तलाई क्यान्सर भएको छ । उनलाई तेस्रो चरणको फोक्सोको क्यान्सर भएको उनका एक साथीले बताएका छन् । केही दिन अगाडि सास फेर्न र छातीमा समस्या भएपछि सञ्जय दत्त मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका थिए । यसपछि उनको कोरोना टेस्ट गरिएको थियो, जुन नेगेटिभ आएको थियो । अब, उनी उपचारका लागि अमेरिका जाने बताइएको छ ।

सञ्जय दत्तले मंगलवार स्वास्थ्यका कारण केही समय चलचित्रबाट ब्रेक लिने घोषणा गरेका थिए । उनले लेखेका थिए, ‘म मेडिकल ट्रिटमेन्ट्सका कारण कामबाट केही समय ब्रेक लिँदैछु । मेरो परिवार र साथीको मलाई साथ छ । म सबै शुभचिन्तकसँग निवेदन गर्छु कि चिन्ता नलिनुहोला र अनावश्यक रुपमा अड्कल पनि नलगाउनुहोला । तपाईंको प्रेम र शुभकामनाले चाँडै फर्किनेछु ।’

सञ्जयलाई तेस्रो चरणको क्यान्सर भएको भारतीय मिडियाले बताएका छन् । अस्पतालबाट क्यान्सरको रिपोर्ट प्राप्त भएपछि उनी स्तब्ध भएका छन् । उनका एक साथीले बलिउड भाष्करलाई भनेका छन्, ‘बाबा चिन्तित हुनुहुन्छ । उहाँको साना-साना छोरा-छोरी छन् । उनीहरु सबै आफ्नो आमासँग दुबईमा छन् । तर, यो भयानक खबर सुनेपछि उनीहरुका लागि निकै मुश्किल हुनेछ ।’

२९ जुलाई, १९५९ मा मुम्बईमा जन्मिएका सञ्जयले दुई हप्ता अगाडि आफ्नो ६१औं जन्मदिन मनाएका थिए । उनी दिवंगत अभिनेता सुनील दत्त र अभिनेत्री नरगिसको एक मात्र छोरा हुन् । उनको तीन विवाह भएको थियो । उनको तेस्रो विवाह २००८ मा मान्यतासँग भएको थियो, जसबाट २ जुम्ल्याह छोरा र छोरी छन् । उनको आमा नरगिसको क्यान्सरबाट निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu