‘सडक २’ को ट्रेलरमा लाइकभन्दा डिसलाइक बढी



महेश भट्ट निर्देशित बहुप्रतिक्षीत बलिउड चलचित्र ‘सडक २’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार सार्वजनिक ट्रेलरलाई लाइकभन्दा बढी डिसलाइक मिलेको छ । यूट्युबमा सार्वजनिक भएको ५ घण्टामा ट्रेलरलाई ९० हजार लाइक्स र १२ लाखले डिसलाइक गरेका छन् । डिसलाइक गर्नेको संख्या बढिरहेको छ ।

मुकेश भट्टले निर्माण गरेको यो चलचित्रमा महेश भट्ट र सुह्रिता सेनगुप्ताको कथा लेखन छ । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा चर्किएको नेपोटिज्मको मारमा ‘सडक २’ परेको छ । यसमा महेश भट्टकी छोरी आलियाको अभिनय छ । यही कारण दर्शकको निशानामा यो चलचित्र परेको हो ।

चलचित्रमा आलिया भट्टका अलावा संजय दत्त, आदित्य रोय कपूर, पूजा भट्ट, जिस्सु सेनगुप्ता, मकरन्द देशपान्डे, प्रियंका बोस, मोहन कपूर, अक्षय आनन्दलगायतको अभिनय छ । यो चलचित्र १९९१ को हिट चलचित्र ‘सडक’ को दोस्रो पार्ट हो । यो चलचित्र २८ अगस्तमा डिज्ने प्लस हटस्टारमार्फत रिलिज हुँदैछ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu