श्रीमती जिन्दाबाद युट्युबमा



अभिनेता कृष्ण मल्ल र अभिनेत्री शर्मिला मल्ल

अग्रज अभिनेता, निर्देशक तथा पुराना चलचित्र बासुदेव, कोसेली, मायाप्रिति, विजय पराजय आदिका नायक कृष्ण मल्लद्वारा निर्देशित सिरिज ‘श्रीमती जिन्दावाद’ यूट्यूब मार्फत प्रसारण हुन लागेको छ ।

१३ बर्षअघि नेपाल टेलिभिजनबाट प्रसारण भएको उक्त सिरिज ‘श्रीमती जिन्दावाद’ यूट्यूब मार्फत प्रसारण हुने भएको हो । त्यतिबेला दर्शकहरूमा राम्रो छाप छोडन सफल उक्त हास्य सिरिजमा निर्देशक मल्लका साथमा उनकी श्रीमति, अग्रज अभिनेत्री शर्मिला मल्लले पनि मुख्य भूमिका निर्वाह गरेकी छिन् ।

टेलिफिल्मलाई दर्शकहरूको चाहना बमोजिम यूट्यूब मार्फत प्रसारण गर्न लागिएको जानकारी निर्देशक एबं कलाकार कृष्ण मल्लले दिए । सिरियल ग्लोबल अरेन्ज नामक युट्युब च्यानलमा प्रशारण हुन लागेको छ ।

प्रत्येक शुक्रवार ५ वजे ‘श्रीमती जिन्दावाद’ यूट्यूबमा मार्फत प्रसारण हुनेछ । सिरिजमा रमेश बुढाथाेकी,सुभाष गजुरेल,नारायण त्रिपाठी,स्व.भिम बहादुर थापा,निला बस्नेत,रवि डङ्गाेल,उतम के सी, पल्लवी भट्ट लगायतका कलाकारहरुको पनि अभिनय हेर्न पाइने छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu