अक्षय भन्छन्, ‘कुनै समय खल्तीमा २ सय हुन्थेन’



बलिउड अभिनेता अक्षय कुमार विश्वको सबैभन्दा आम्दानी गर्ने अभिनेतामा पर्दछन् । केही दिन अगाडि फोर्ब्सको विश्वका दश सबैभन्दा बढी कमाई गर्ने अभिनेताको सूचिमा उनी छैटौं नम्बरमा परेका थिए । उनले एक वर्षमा ४ देखि ५ चलचित्र दिने गरेका छन् । जसमा धेरैजसो हिट हुने गरेका छन् ।

अक्षयले आफ्नो करियरको सुरुमा धेरै फ्लप चलचित्र पनि दिएका थिए । पछिल्लो समय उनले आफ्नो संघर्ष र सफलताको विषयमा उनले एक अन्तर्वार्तामा उल्लेख गरेका छन् । उनले आफूले जीन्दगीमा धेरै संघर्ष गरेको तर आशा भने नमारेको बताएका छन् ।

अक्षयले आफ्नो जीवनको बारेमा बोल्दै आफूले निकै नराम्रो समयको सामना गरेको बताएका छन् । सबैले जीवनमा उतार-चढावको सामना गर्नुपर्ने भन्दै आफूले पनि उक्त अवस्थाको सामना गरेको उनको भनाई छ । उनले आफूले कहिले काहिँ आफू बस्ने भवनमुनि राखिएको अरुको कार गन्ने गरेको बताएका छन् ।

‘म कहिले काहिँ आफू किन रोइरहेको छु भनेर सोच्ने गर्थें । कहिले काहिँ अफिसमा राखिएका सामाग्री हेर्दै सपना देख्थेँ । मलाई सधैं भगवानको साथ मिलेको छ । कुनै समय मसँग खल्तीमा २ सय रुपैयाँ पनि हुँदैन थियो,’ उनले विगत सम्झँदै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu