सुपरहिरो बन्दै अजय देवगन



अभिनेता अजय देवगन र निर्माता आदित्य चोपडाले वर्षौं पुरानो दुश्मनी भुलेर एकसाथ काम गर्दैछन् । उनीहरुको सम्बन्धमा वर्षौंदेखि फाटो आएको थियो । अब भने उनीहरुले सहकार्यको हात मिलाएर दुश्मनी अन्त्य गरेका छन् । भारतीय मिडियाका अनुसार, यशराज ब्यानर चाँडै ५० वर्ष पुरा भएको अवसरमा केही प्रोजेक्टको घोषणा गर्दैछ, जसमा अजय देवगनको चलचित्र पनि सामेल छ ।

अजय देवगनको यो नयाँ चलचित्रलाई शिव रवेलले निर्देशन गर्नेछन् । चलचित्रको कथावस्तु मन परेपछि अजयले काम गर्ने सहमति जनाएको जानकारी प्राप्त छ । यो चलचित्र एक सुपरहिरो ड्रामा हुनेछ, जसमा अजयले मुख्य भूमिका निभाउनेछन् । उनले आफ्नो करिअरमा कहिल्यै पनि सुपरहिरो भूमिका निर्वाह गरेका छैनन् । यसकारण उनलाई यो अवतारमा हेर्न निकै रोचक हुने देखिन्छ ।

आदित्य चोपडाले अहिलेदेखि नै अजय देवगनको आउँदो सुपरहिरो चलचित्रलाई फ्रेन्चाइजमा बदल्ने सोचिरहेका छन् । यशराज ब्यानरले चाँडै आफ्नो ५० वर्ष पुगेको अवसरमा बलिउडका कयैन् ठूला स्टारलाई लिएर चलचित्र घोषणा गर्दैछ, जसमा अजय देवगन, सलमान खान, शाहरुख खान, ऋतिक रोशन र जोन अब्राहम जस्ता अभिनेताको नाम सामेल छ । यी सबै चलचित्र कोरोनाको महामारीपछि फ्लोरमा जानेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu