आँचललाई परीभन्दा पनि राम्री भन्दै दयाहाङ (भिडियो)



राजेश पायल राईको आवाजमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘त्यो तिमि हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ । रचनाकार निर्मला राई ‘परिवेश’ले थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखि सकेकी छन् ।

मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मा फिचर्ड छन् । महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुदिप बरालले छायांकन, प्रज्वलित पराजुलीले सम्पादन र जुनीम गहतराजले कलर संयोजन गरेका छन् ।

भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन् । भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । अभिनेत्री आँचलले विवाह गरेपछि पहिलो पटक ‘त्यो तिमि हौ’ गीतमा अभिनय गरेकी हुन् । यो गीतलाई यूट्युबमा दर्शकहरुले निकै रुचाएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu